Tuesday, August 31, 2010

Hi all

धर्ति एउटै झण्डा एउटै
छानो रुपि गगन एउटै
भाषा र भेष फरक भएनि
मझेरी आँगन सबको एउटै
जहाँ सहिदहरु गर्वले नाच्छन्
दूर हुन्छ रिस र द्वेष
जहाँ हिउँचुली मुस्कुराउँछ
त्यहि हो मेरो सपनाको देश ॥

पराजयलाई स्वीकार्नु भन्दा
आफूलाई बलि चढाएको राम्रो
एउटै बगैँचामा फुलेर अझ
शोभा बढाएको राम्रो
जहाँ बग्दैनन् रगतका आँसु
नलाग्छन् त्यहाँ बेकसुर ठेश
जहाँ नाच्छन् डाँफे र मुनाल
त्यही मेरो सपनाको देश ॥

जहाँ सदैव पुर्खा देखिनै
क्रान्तिको आगो सल्केकेा हुन्न
जहाँ शिशु भु्रँणदेखि नै
बलिदानीमा पल्केको हुन्न
रातो झण्डा लत्रेको भन्दा
फर्फर गर्दै फहराएको वेश
जहाँ फूलहरु मुस्कुराइरहन्छन्
त्यही हो मेरो सपनाको देश

निदरीभरीको मेरो सपना
नटुटेहुन्थ्यो नफुटेहुन्थ्यो
बोधिवृक्षको उर्वर भूिम
अन्त बसाईँ नसरे हुन्थ्यो
जहाँ भेटिन्छन् कर्मठ ती
वीरहरुका अवशेष
जहाँ नाचिन्छ रोदी र भैलो
त्यही हो मेरो सपनाको देश ॥